काठमाडौं : ललितपुरको गोदावरी–३ टौखेलमा एकजनाको शव भेटिएको छ । सोही स्थानमा डेरा गरी बस्ने काठमाडौँ सतुंगलका अमित शाहीको शव फेला परेको हो ।
डेरा बसेको घर अगाडिको करेसावारीमा नाडी काटिएको र खुट्टामा ब्याण्डेज बाँधेको अवस्थामा शव फेला परेकाले अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।