ADVERTISING

Breaking News

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण

काठमाडौं : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती बालिकालाई बैशाख २९ गते उपचारका लागि कपिलवस्तुबाट अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालको न्युरो वार्डमा राखिएको थियो । अस्पतालका निर्देशक प्रेमसिंह खड्गाका अनुसार बालिका अहिले अस्पतालमै छन् । टाउकोमा समस्या देखिएकी बालिकाको आज शल्यक्रिया गर्ने तयारी गरिएको थियो । अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना देखिएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको निर्देशक खड्गाले जानकारी दिए । पछिल्लो समय दैनिकजसो संक्रमित भेटिरहेको कपिलवस्तुबाट ल्याइएकी ती बालिकालाई पनि उतै हुँदा कोरोनाको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

leave a reply