ADVERTISING

Breaking News

नेपालगञ्जका १५ कोरोना संक्रमित सुशील कोइराला क्यान्सर अस्पताल भर्ना

काठमाडौं : नेपालगञ्जमा आइतबार कोराना संक्रमण पुष्टि भएका १५ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना गरिएको छ । सबैलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको हो । यसअघि संक्रमण पुष्टि भएका एक जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि भर्ना गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरू नेपालगन्ज उपमहानगर वडा नम्बर ८ स्थित मदरसा आसपासका बासिन्दा हुन् । नेपालगन्ज डिएसपी रोडका पहिलो संक्रमित ६० बर्षीय मदरसाका शिक्षकको सम्पर्कमा आएका ९४ जनाको स्वाब लिइएको थियो । ति मध्ये ५५ को रिपोर्ट आउँदा १५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । बाँकीको नमूना परीक्षणको रिपोर्ट आज आउने बताइएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यको कोरोना जाँच हुन अझै बाँकी छ । उनीहरूलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि उनीहरुको सम्पर्कमा आएका संक्रमित भेटिएका हुन् ।

धेरैमा संक्रमण पुष्टि भएपछि नेपालगञ्जको बडा नम्बर आठमा आवतजावत रोकिएको छ । नेपालगञ्जमा समुदाय तहमा संक्रमण भइसकेकाले तीव्र सतर्कता र कडाइ जरुरी रहेको चिकित्सकले बताएका छन ।

leave a reply