ADVERTISING

Breaking News

रौतहटका निको भएका कोरोना संक्रमित युवामा पुनः कोरोनासँग मिल्दो लक्ष्ण देखियो

रौतहट : कोरोना संक्रमण निको भएर घर फर्केका रौतहटका एक किशोरमा पुन कोराना संक्रमणसँग मिल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ । ईशनाथ नगरपालिका वडानम्बर ५ का १९ वर्षीय किशोरमा पुन कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

उनको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । गत आइतबार लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो ।

जिल्लास्थित सुरक्षा श्रोतले किशोरको पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि शनिवार राति नै अस्पताल भर्ना गरिएको जनाएको छ । घर गएको तीन दिन पछि गत बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ जना स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमुना संकलन गरेका थिए ।

सो को परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पताल श्रोतले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।

कोरोना संक्तमण पुष्टि भएपछि उनी १२ दिन अस्पतालमा बसेर घर फर्केका थिए । भारतको राजधानी दिल्लीको पहाडगञ्जस्थित एउटा ब्याग उद्योगमा काम गदैै आएका किशोर चैत्र १६ गते घर आएका थिए । क्वारेन्टिनमा राखेर परीक्षण गर्दा उनका संक्रमण पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

leave a reply