ADVERTISING

Breaking News

दैनिक ७ सयलाई खाना खुवाउँदै सामुदायिक सेवा केन्द्र कुलेश्वर, हेर्नुहोस् भिडियो

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण देश ४० दिनदेखि लकडाउनमा छ । लकडाउनका कारण गरिब तथा विपन्न परिवारलाई छाक टार्न नै समस्या परेको छ । सोही समस्यालाई मध्यनजर गर्दै सामुदायिक सेवा केन्द्र कुलेश्वरले विपन्न परिवारका सदस्यहरुलाई खाना खुवाउँदै आएको छ ।

केन्द्रले लकडाउनको ८ औं दिनदेखि कुलेश्वर महादेवस्थानमा विपन्न परिवारलाई दैनिक दुई पटक (बिहान र बेलुका) खाना खुवाउँदै आएको केन्द्रका अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले जानकारी दिए । उनले दैनिक ६ देखि ७ सय मानिसहरुलाई केन्द्रले खाना खुवाउँदै आएको बताए ।

दैनिक ज्याला मजदुरी गर्नेहरुलाई खाना खुवाउनका लागि केन्द्रलाई जय श्री च्यारिटीले खाद्यान्न सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । लकडाउन शुरु भएसँगै दैनिक मजदुर गरेर छाक टार्नेहरु चाउचाउ र पानी खाएर बस्ने अवस्था देखिएका कारण केन्द्रले उनीहरुलाई खाना खुवाउन शुरु गरेको उनले बताए । साथै केन्द्रले मास्क तथा सेनिटाइजर समेत बाँड्दै आएको छ भने कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने कार्य पनि गर्दै आएको छ ।

केन्द्रको उद्देश्य नै स्थानीय समस्याहरु समाधान गर्ने, जनचेतना फैलाउने, आपराधिक गतिविधि कम गर्न सहयोग पुर्‍याउने रहेको बताउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा समेत सोही उद्देश्य अनुरुप समस्यामा परेकाहरुलाई सहयोग गर्दै जाने बताए ।

हेर्नुहोस् भिडियो :

leave a reply