ADVERTISING

Breaking News

कोरोना संक्रमितको संख्या तीस लाख नाघ्यो, २ लाख ११ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३० लाख ६० हजार नाघेको छ । संक्रमणबाट दुई लाख ११ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार ६ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ८ हजारभन्दा बढी संक्रमित भइसकेका छन । कोरोना संक्रमणबाट इटलीमा २७ हजार, स्पेनमा २३ हजार ५ सय, फ्रान्समा २३ हजार २ सय, बेलायतमा २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । भारतमा कोरोना संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने ९ सय ४० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा १३ हजार ९ सय ९ जना संक्रमित भएका छन् भने २ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

leave a reply