ADVERTISING

Breaking News

बेलायती प्रधानमन्त्री जोनसन सोमबारदेखि नियमित काममा फर्कने

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसन सोमबारदेखि नियमित काममा फर्कने भएका छन् । कोरोना संक्रमण मुक्त भएपछि उनी नियमित काममा फर्कन लागेका हुन् ।

जोनसनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका हुन् । लन्डनस्थित सेन्ट टमस अस्पतालमा उपचारपछि उनी अहिले घरमै आराम गरिरहेका छन् ।

प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको जानकारी दिएका हुन् । कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा अहिलेसम्म २० हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

leave a reply