ADVERTISING

Breaking News

कोरोना संक्रमितको संख्या २६ लाख ६० हजार नाघ्यो, एक लाख ८५ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या २६ लाख ६० हजार नाघेको छ । संक्रमणबाट १ लाख ८५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । ७ लाख ३० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या आठ लाख ५० हजार नाघेको छ भने ४७ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ८४ हजार ९ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाका कारण इटालीमा २५ हजारभन्दा बढीको ज्यान गएको छ । इटालीमा एक लाख ८७ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट स्पेनमा २२ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ भने दुई लाख १३ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसैगरी, फ्रान्समा २१ हजार ३ सय, बेलायतमा १८ हजार १ सय, जर्मनीमा ५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । बेल्जियममा ६ हजार ४ सय ९०, इरानमा ५ हजार ४ सय ८१, नेदरल्याण्डमा ४ हजार १ सय ७७ जनाको ज्यान गएको छ । त्यसैगरी भारतमा संक्रमितको संख्या २१ हजार ९ सय नाघेको छ भने ६ सय ८६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पाकिस्तानमा १० हजार ८ सय ११ जना संक्रमित भएका छन् भने २ सय २८ जनाको मृत्यु भएको छ ।

leave a reply