ADVERTISING

Breaking News

धनुषामा लकडाउनको अवज्ञा गर्ने २१ जना पक्राउ

धनुषा : धनुषामा लकडाउनको अवज्ञा गर्ने २१ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लकडाउनको अवज्ञा गरी घरबाहिर निस्केकालाई जनकपुरधामको विभिन्न स्थानवाट पक्राउ गरिएको छ । ९४ वटा मोटरसाइकल, एउटा अटो रिक्सा र २ वटा ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको छ ।

यसअघि मंगलबार धनुषा प्रहरीले लकडाउनको अवज्ञा गर्ने २ सय ६९ जनाको मोटरसाइकल, ११ जनाको अटो रिक्सा, ७ जनाको जीप तथा कार र चार वटा बस तथा ८ जना मानिसलाई नियन्त्रणमा लिएको थियो ।

leave a reply