ADVERTISING

Breaking News

आइसोलेसनमा राखिएका व्यक्तिको मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी (अस्पतालको विज्ञप्तिसहित)

चितवन : भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्ज २२ जग्गनाथपुर निवासी ३० वर्षीय सन्तोष यादवको आज मंगलबार विहान साढे ९ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

अस्पतालले ती व्यक्तिको लुपस भन्ने रोगका कारण मिर्गौला कमजोर भएको अवस्थामा ज्वरो र निमोनिया भएपछि चितवन मेडिकल कलेजले रिफर गरेर पठाएको जनाएको छ ।

ती व्यक्तिमा कोरोना भाइरसको आशंका गरिए पनि रिपोर्ट भने आइनसकेको अस्पतालले जानकारी दिएको छ । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पतालले विज्ञप्तिमा जनाएको छ ।

leave a reply