ADVERTISING

Breaking News

माओवादी अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै 

प्रदेश र जनवर्गीय संगठनका छुट्टाछुट्टै समूह

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल सुरु भएको छ । अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि गठन भएका समूहले आज विहानैवाट विभिन्न ठाउँमा बसेर छलफल थालेका हुन । सात प्रदेश र जनवर्गीय संगठनका छुट्टाछुट्टै समूह बनेका छन् । सबै समूहका लागि छलफल गर्ने उपयुक्त स्थान नभएकाले विभिन्न स्थान तोकिएको छ । अध्यक्ष दाहालले प्रस्तुत गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेजमाथि छलफलका लागि समूह बनेका हुन् । प्रज्ञा भवनसँगै पार्टी कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा समेत प्रतिवेदनमा माथि छलफल भैरहेको छ । छलफलका लागि ए वान पार्टी प्यालेस र ः क्वालिटी बैंकेट पनि तय गरिएको छ । बुधबार समूहको निष्कर्ष बन्दसत्रमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रमा कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल चयन भएको छ । अध्यक्ष मण्डलमा गिरीराजमणी पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुबेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य छन । माओवादी केन्द्रको महाधिवेशनमा एक हजार सात सयको हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।

leave a reply