वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने

काठमाडौं । वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छरु। सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छरु। त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको संख्या बढी हुने गरेको छरु।  पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छरु। आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार आइसफल डाक्टरको टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको छरु। सगरमाथासहित लोत्से र नुत्से हिमाल आरोहणका लागि बाटो बनाउन गएका आइसफल डाक्टरको टोलीले आरोहण मार्गमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम सकेर आधार शिविर फर्केको हो । अहिले आरोही आधार शिविरबाट पहिलो र दोस्रो शिविरसम्मको अभ्यासमा रहेकाले मौसमले साथ दिए एक साताभित्र आरोहण सुरु हुने बताइएको छ ।  यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै हालसम्मकै ३ सय ९० जनाले आरोहण अनुमति लिइसकेका छन । सगरमाथा आरोहण गर्न ३७ समूहका ३ सय २० पुरुष र ७० जना महिलाले अनुमति लिएका हुन । गत वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४४ समूहका ४ सय ६७ आरोहीले अनुमति लिएका थिएरु। सगरमाथा आरोहणको इतिहासमा गत वर्ष सबैभन्दा बढीले अनुमति लिएका थिएरु। यस वर्ष आरोेहणका लागि खुला गरिएका हिमालमध्ये सगरमाथासहित ३० वटा हिमाल आरोेहण गर्न बुधबारसम्म १०५ समूहका ९२९ जनाले अनुमति लिएका छन । 

प्रतिक्रिया