ADVERTISING

Breaking News

रामदेवको उपस्थितीमा पशुपतिमा विशाल शिविरको आयोजना

  पर्यटन मन्त्रालयका तर्फवाट योगगुरु रामदेवलाई विशेष सम्मान

भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा आज विहान पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा शिविर आयोजना गरिएको हो । योग शिविरकै क्रममा मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराएका छन । मन्त्रालयका तर्फबाट योग गुरु रामदेव र आचार्य बालकृष्णलाई सम्मान समेत गरिएको छ । उक्त योग शिविरमा सयौं सर्वसाधारण सहभागी भएका थिए । शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको थियो । योग शिविरपश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गरेका छन । योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा प्रशिक्षण गराएका थिए । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन ।

leave a reply