एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्र विकासले तिब्रता पाउँछ: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तिब्रता हुने बताएका छन । धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले कृषि र सिंचाईमा बढी जोड दिएर काम गरिरहेको पनि बताए ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका नेता तथा कार्यकर्ताहरुले २०८४ मा देशको प्रधानमन्त्री र प्रदेशहरुको मुख्यमन्त्री एमालेको हुने सपना देखिरहेको बताए । 
सचिव भट्टराईले पार्टीभित्रको सुदृढ एकताबाट नै देशलाई विकासको गतिमा अघि बढाउन सकिने बताए ।

प्रतिक्रिया