पञ्जाबलाई साठी रनले हराउदै बैंगलोरको आईपीएल प्लेअफको सम्भावना कायमै

काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेनजर्स बैंगलोरले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । जितसँगै बेंगलोरले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । यो पराजयसँगै पञ्जाब प्लेअफको रेसबाट बाहिरिएको छ । तर, बैंगलुरुले भने प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । मुम्बईपछि पञ्जाब प्लेअफबाट बाहिरिने दोस्रो टिम बनेको हो ।गएराति धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । उसका विराट कोहलीले सर्वाधिक ९२ रन बनाए ।त्यस्तै रजत पटिदारले ५५ रन जोडे । जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक ८१ रनमा समेटियो । पञ्जाबका राईली रुस्सोले सर्वाधिक ६१ रन बनाए । अंक तालिकामा १२ खेलमा १० अंकसहित बेंगलुरु सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अंकसहित नवौँ स्थानमा झरेको छ । आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
 

प्रतिक्रिया