संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ

दुवै सदनमा विभिन्न चरणमा गरेर २५ विधेयक विचाराधीन

संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन भएको हो । अघिल्लो अधिवेशनबाटै सुरु भएको सहकारीको रकम हिनामिना प्रकरणको विषयमा संसदीय छानबिन समिति बन्ने वा नबन्ने विषय निक्र्यौल भने भएको छैन । दुवै सदनमा विभिन्न चरणमा गरेर २५ विधेयक छन् । जसमध्ये प्रतिनिधि सभामा विभिन्न चरणमा २३ विधेयक छन् । त्यस्तै माथिल्लो सभामा दुई विधेयक विचाराधीन छन् । अधिवेशनमा सरकारका तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पेस हुने छ । 

प्रतिक्रिया