काँग्रेसले प्रतिसोधी र छु्रद्र खालको राजनीति गरिरहेको छः ओली

सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे राष्ट्रपतिसँग जवाफ माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय बिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन । आज बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रश्न गरेका हुन । अध्यक्ष ओलीले यस विषयमा राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरे । 
अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोलेको आरोप समेत लगाए । अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको पनि बताए । डेढ वर्ष प्रधानमन्त्रीको प्रश्ताव गरेको काँग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण राजनीति गरेको उनको आरोप छ । 
अध्यक्ष ओलीले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानविन समितिको माग गरेर काँग्रेसले राजीनामा माग्ने खेल शुरु गरेको बताए । पहिला प्रधानमन्त्रीको प्रश्ताव गरेको काँग्रेसले फेरी लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुुद्र राजनीति गरेको उनको भनाइ थियो ।। अध्यक्ष ओलीले कसैले उजुरी हालेको भरमा छानविन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरु नरहेको अडान पनि दोहो¥याए । 

प्रतिक्रिया