नेपाली विद्यार्थी बने अमेरिकाकाे "ग्याम्लर किङ"

अमेरिकाकाे टेक्सासमा नेपाली विद्यार्थीले खेलाउने गरेकाे जुवाकाे बारेमा अनुसन्धान सुरू भएकाे छ।"टेक्सास ग्याम्लर" भनेर चिनिएका भण्डारी थरका एकजना विद्यार्थी पढाइ छाेडेर अवैध धन्दामा लागेकाे सुइकाे पाएपछी टेक्सास पुलिसले उनिमाथी अनुसन्धान थालेकाे छ। नेपाल स्थित अमेरिकन दुतावास श्राेतका अनुसार ती विद्यार्थीकाे तिनपुस्ते खाेजबिन सुरू भएकाे छ। पछिल्लाे सूचना अनुसार भण्डारीकाे भाैतिक सुविधा सम्पन्न जिवनसैली नै उनकाे अवैध काराेवारकाे बलियाे प्रमाण हाे भन्छन भण्डारीलाइ नजिक बाट चिन्नेहरू। अमेरिकामा विद्यार्थिले ताेकेकाे समय भन्दा बढी काम गर्न पाउदैन। काम गरेकाे पैसाले दैनिकी चलाउन समेत हम्मे हम्मे पर्छ। याे यथार्थ अमेरिकामा अध्यान गर्न गएका विद्यार्थीहरू लाई राम्ररी थाहा छ। तर भण्डारी भने निस्फिक्री अवैध काममा लागेर अकुत सम्पत्ती कमाउने चक्करमा लागेका छन। पहिला भण्डारीकाे जुवा काराेवार देखिने गरि सार्वजनीक भएकाे थिएन। पछिल्लाे समय उनकै साथी सर्कलमा भण्डारी त डन भए छ भन्ने गाई गुई सुनिन थाल्याे पछी बुज्दै जाँदा उ त "ग्याङ ग्यामलर" भैसकेछ,भण्डारीकै साथीसर्कलमा चलेकाे चर्चा हाे याे। अरू त हाम्लाइ बाल छैन,तर नेपाली विद्यार्थी पनि अवैध धन्दामा लागेकाे भन्ने कुराले चै चिन्ता बढाएकाे छ। टेक्सासमै अध्ययनरत विद्यार्थीले गरेकाे याे चिन्ता भण्डारीले कमाएकाेमा हैन उस्काे कारणले अरू सिधासाधा पढ्ने विद्यार्थीमा पर्नसक्ने नकारात्मक असरकाे हाे। भण्डारीकाे अवैध जुवा खेलले टेक्सासमा बसेर पढिरहेका नेपाली विद्यार्थीहरू यतिखेर चिन्तामा छन।

प्रतिक्रिया