नेपालको इतिहासमै सबैभन्दाठूलो राजनीतिक अपराधीकरण अहिले भएको छः पूर्वसभामुख

पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको आरोप लगाएका छन । बिहीबार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा उनले अहिलेको संविधान बचाउन नै चुनौति रहेको बताएका हुन । पूर्व सभामुख ढुंगानाले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गरे । 
पूर्व सभामुख ढुंगानले वर्तमान संविधानलाई क्रान्तिकारीको संज्ञा दिँदै उपलब्धि गुम्ने चरणमा पुगेको भन्दै चिन्ता समेत प्रकट गरे । अहिलेका तीन मुख्य दलहरु संविधानको पुनरावलोकन गर्न सामथ्र्य नराख्ने उनको जिकिर छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताइन । 
नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व नआउने बताए । 
नेता निधीले अहिलेसम्म नेपालमा संघीयता पूर्णरुपमा बन्न नै नसकेको जिकिर गरे । नेकपा एकीकृत समाजवादी की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने दाबी गरिन । 
सचिव झाक्र्रीले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको उल्लेख गरिन । शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी उनको छ । 
 

प्रतिक्रिया