नक्कली नोट सहित एक महिला पक्राउ

मोरङको रङगेलीवाट नक्कली नोट सहित एक महिला पक्राउ परेकी छिन । रंगेली नगरपालिका–९ स्थित  दोहमनाबाट सुनवर्सी नगरपालिका–५ टकुवा बस्ने बर्ष  ४० कि  कुरेसा खातुन पक्राउ परेकी हुन । । प्रहरीले खातुनको साथबाट  ५ सय दरका  १८ थान नक्कली नोट बरामद गरेको छ । दोहमनामा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खातुनलाई नियन्त्रणमा लिएको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय रङ्गेलीले जानकारी दिएको छ । 

प्रतिक्रिया