काठमाडौँ सहित मध्य तथा पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो ।हिजोदेखि शुरु भएको झरी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँ तथा कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भैरहेको छ । दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविदको भनाइ छ । तीन दिनसम्म मौसम पूर्ण रुपमा सुधार हुने सम्भावना नरहेको मौसमविदको भनाइ छ । हिजोदेखि कोशी, मधेस र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ । पानी परेपछि किसान खुशी भएका छन् । तराई र पहाडी क्षेत्रमा मकै लगाउने सिजन भएकाले अहिलेको वर्षाले राहत पुगेको छ । यस्तै गहुँ, तोरी, मुसुरो लगायतका हिउँदेबाली र तरकारी बालीमा पनि फाइदा गरेको किसानको भनाइ छ । 

प्रतिक्रिया