विश्व आर्थिक मञ्चको दुई दिने सम्मेलन आजवाट साउदी अरेबियामा

गाजामा चलिरहेको युद्ध र विश्व अर्थतन्त्रका बारेमा छलफल गर्न आजदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुँदैछ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुने छन । सम्मेलनमा अमेरिकाका उच्च कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनसमेत सहभागी हुने आयोजक साउदी अरबले जनाएको छ । विश्व आर्थिक मञ्च डब्ल्युइएप का अध्यक्ष बोर्गे ब्रेन्डेले गाजामा सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकबारे कन्द्रित वार्तामा थप प्रयासको लागि बैठक हुने बताएका छन । साउदी अरबका अधिकारीले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पु¥याउन सक्ने आशंका व्यक्त गरेका छन् । गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणबाट शुरु भएको गाजा युद्धमा इजरायलतर्फ झन्डै एक हजार दुई सय जना र गाजामा ३४ हजार तीन सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।। 

प्रतिक्रिया