काठमाण्डौ वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा

राजधानी प्रदूषित शहरमा विश्वकै नम्बर एक स्थानमा

काठमाण्डौमा आज वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।  स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान पौने ९ बजेसम्म काठमाण्डौ वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा पुगेको हो ।  आईक्यू एयरका अनुसार काठमाण्डौको एयर क्वालिटी इन्डेक्स ‘एक्युआई’ आज २ सय ४७ पुगेको हो । एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।  एक्युआइ अनुसार ललितपुरको खुमलटार क्षेत्रको हावा निकै विषाक्त देखिएको छ । काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषणको अवस्था १ सय ९८ दशमलब ८७, कीर्तिपुर क्षेत्रको १ सय ८५ दशमलब ८२, भक्तपुरको एक्युआइ १ सय ८४ दशमलब २१ छ । सुख्खायाम शुरु भएसँगै जङ्गल लागेको डढेलो, पर्याप्त वर्षा नहुनु,  काठमाण्डौको धुलाम्मे सडक, फोहोर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको हो । प्रदुषणवाट जोगिन आवश्यक नपरि घर बाहिर नजाने, जानै परे मास्क लगाउने, पूरा शरिर ढाक्ने कपडा लगाउने, सरसफाईमा ध्यान दिने लगायतका सुझाव चिकित्सकले दिएका छन । काठमाडौंपछि  पाकिस्तानको लाहोरको २ सय ७ र भारतको नयाँदिल्लीको २ सय ३ एक्युआई छ । आईक्यू एयरका अनुसार १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपतकालीन अवस्था मानिन्छ । वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीका अङ्गहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्ने भएकाले सतकर्ता अपनाउन स्वास्थ्यकर्मील आग्रह गरेका छन । पछिल्लो एक साताको अवधिमा ३० जिल्लामा डढेलो फैलिएको छ। विगत एक साताको अवधिमा १ सय १२ स्थानमा डढेलो लागेको  छ। जसका कारण वायुमण्डलमा धुवाँ र धुलोको फैलावट बढेको र वायु प्रदूषित हुन पुगेको बताइएको छ ।। 
 

प्रतिक्रिया