प्रधानमन्त्री दाहालद्धारा नेपालले शुन्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले सन् २०४५ सम्ममा शुन्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने प्रतिवद्धता जनाएका छन् । जलवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली नागरिक पहिरो, बाढी, जङ्गलको डढेलो, हिउँ पहिरोको प्रकोप खडेरी लगायतका जलवायुजन्य प्रकोपबाट पीडित रहेको बताउँदै आर्थिक र प्राविधिक सहयोगको आवश्यकता रहेको पनि बताए । उनले एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार र त्यसको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको पनि बताए । 
प्रधानमन्त्री दाहालले विश्वव्यापी उत्सर्जनमा लगभग शुन्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया