मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्दै छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।नयाँ समीकरण अनुसार मधेस प्रदेश सरकारमा जसपा, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी र लोसपा सहभागी छन् । तर मन्त्रालयको भागबण्डाको विषयलाई लिएर सत्तारुढ दलहरूबिच मनमुटाव कायमै छ ।

प्रतिक्रिया