भुकम्प पीडितको राहत र पुर्नस्थापनाका विषयमा प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भुकम्प पीडितको राहत र पुर्नस्थापनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिएका छन् । भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै प्रधानमन्त्री  दाहाललाई भेटेर लामिछानेले वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका हुन । अविलम्ब प्रभावित क्षेत्रमा चाहिएका सामग्री पु¥याउन आग्रह गर्दै लामिछानेले प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तरमाथि पनि प्रश्न उठाएका छन । राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको तर विकटका प्र्रभावितसम्म नपुगेको पनि लामिछानेको भनाइ छ । भूकम्पबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्यमा सरकार र सुरक्षा नियकाले देखिएको तदारुकताको लामिछानेले प्रशंषा समेत गरेका छन । 

प्रतिक्रिया