काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने

नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने भएको छ । दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा काँग्रेसले चियापान गर्न लागेको हो । आगामी कात्तिक ११ गते शनिबार सानेपामा चियापान गर्ने कार्यक्रम भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कात्तिक ११ गते दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चियापान चल्नेछ । काँग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू लगायतलाई चियापानमा बोलाउने गरेको छ । कोरोनाका कारण विगतका वर्षहरूमा काँग्रेसको चियापान रोकिएको थियो । 

प्रतिक्रिया