टिकटक बन्द गराउने विषयमा कुनै सहमति भएको छैन: गगन थापा

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले नेपालमा टिकटक बन्द गराउने विषयमा आफ्नो दलसँग कुनै छलफल वा सहमति नभएको दाबी गरेका छन्। मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनका सबै दल र प्रतिपक्ष दलसमेतको सहमतिमा सरकारले टिकटक बन्द गराउने निर्णय गरेको बताएका थिए । सोप्रति असहमति जनाउँदै कांग्रेस महामन्त्री थापाले यस विषयमा आफ्नो दलसँग कहिले र कहाँ छलफल र सहमति गरियो भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति आएलगत्तै कांग्रेस महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘प्रमज्यूलाई प्रश्न छ– कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल? भनि प्रश्न गरेका छन् । महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवासँग भएको सम्झौतालाई दलहरूबीचको सहमति भन्न नसकिने जिकिर गरेका छन् ।
 

प्रतिक्रिया