लुम्बिनी प्रदेशका बा¥ह जिल्लाका चार सय बढी स्थानमा डढेलो

, गुल्मी, अर्घाखाँची र नवलपरासीमा झण्डै एक सय घरगोठ जले

गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् ।गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएको र दुवै जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका छन । आगोले गाउँनै सखाप भएको बताइएको छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । उता रोल्पामा जंगलको डढेलो बस्तीमा फैलिँदा रोल्पामा एक दर्जन घर गोठ जलेर नष्ट भएका छन । वनको डढेलो बस्तीमा फैलिँदा आठ घर र पाँच गोठ जलेर पूर्णरूपमा नष्ट भएका हुन । आगलागीमा परी पक्षाघात भएका ७० वर्षीय सन्तु घर्ती घाइते भएका छन । प्यूठानको जंगल तर्फबाट फैलिएको आगोलाई तीव्र बेगमा चलेको हावाले रोल्पासम्म पु¥याएको हो ।   पछिल्लो एक सातामा लुम्बिनी प्रदेशका १२ जिल्लामा ४ सय बढी स्थानमा डढेलो लागेको छ । प्रदेश सरकारले हरेक वर्ष ६० लाख बढी खर्चिएर गर्दै आएको डढेलो सचेतना कार्यक्रम असफल देखिएको छ । हिजो एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको  वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्यांकले देखाएको छ । अहिले पनि देशका दुई सय एक ठाउँमा सक्रिय डढेलो देखिएको छ । अहिले सुर्खेतको २६, बाँकेको २०, सल्यान, दाङ र डडेल्धुराको १८÷१८ ठाउँसहित देशका २८ वटा जिल्लाका दुई सय एक ठाउँमा सक्रिय डढेलो रहेको हो । अहिले विशेषगरी लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा डढेलो धेरै देखिएको छ । 

प्रतिक्रिया

सरकार आफैँ संसद चल्न र संसदीय समिति नबनाउन उद्धत भएको काँग्रेसको निष्कर्ष

सरकार आफैँ संसद चल्न र संसदीय समिति नबनाउन उद्धत भएको काँग्रेसको निष्कर्ष

निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको अध्यक्ष सिंहको भनाई

निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको अध्यक्ष सिंहको भनाई

योग तथा साधनालाई बजेटमा समेट्ने गरी तयारी भैरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई

योग तथा साधनालाई बजेटमा समेट्ने गरी तयारी भैरहेको उपप्रधानमन्त्री श्रेष्ठको भन…

काँग्रेसले प्रतिसोधी र छु्रद्र खालको राजनीति गरिरहेको छः ओली

काँग्रेसले प्रतिसोधी र छु्रद्र खालको राजनीति गरिरहेको छः ओली

संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ

संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ

जातिय विभेद विरुद्धको सरकारको उपायहरु अपर्याप्त र अपूर्णः एम्नेस्टी इन्टरनेशनल

जातिय विभेद विरुद्धको सरकारको उपायहरु अपर्याप्त र अपूर्णः एम्नेस्टी इन्टरनेशनल

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

लगानीकर्ताको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

लगानीकर्ताको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्र…