आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं । आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ ।  जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । घोडेजात्राका अबसरमा आज उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।

प्रतिक्रिया

सरकार आफैँ संसद चल्न र संसदीय समिति नबनाउन उद्धत भएको काँग्रेसको निष्कर्ष

सरकार आफैँ संसद चल्न र संसदीय समिति नबनाउन उद्धत भएको काँग्रेसको निष्कर्ष

निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको अध्यक्ष सिंहको भनाई

निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको अध्यक्ष सिंहको भनाई

योग तथा साधनालाई बजेटमा समेट्ने गरी तयारी भैरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई

योग तथा साधनालाई बजेटमा समेट्ने गरी तयारी भैरहेको उपप्रधानमन्त्री श्रेष्ठको भन…

काँग्रेसले प्रतिसोधी र छु्रद्र खालको राजनीति गरिरहेको छः ओली

काँग्रेसले प्रतिसोधी र छु्रद्र खालको राजनीति गरिरहेको छः ओली

संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ

संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ

जातिय विभेद विरुद्धको सरकारको उपायहरु अपर्याप्त र अपूर्णः एम्नेस्टी इन्टरनेशनल

जातिय विभेद विरुद्धको सरकारको उपायहरु अपर्याप्त र अपूर्णः एम्नेस्टी इन्टरनेशनल

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

लगानीकर्ताको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

लगानीकर्ताको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्र…