कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्राको रौनक

विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीको खटजात्रा गरिने

काठमाण्डौको दक्षिण–पश्चिम क्षेत्रमा आज सातगाउँले जात्रा मनाइँदैछ । कीर्तिपुर र चन्द्रागिरि नगरपालिका विभिन्न ठाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुन लागेको हो । आज कीर्तिपुरमा इन्द्रायणी जात्रा तथा पाँगाको दुई ठाउँमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ । जात्राको अवसरमा आज कीर्तिपुर नगरपालिकाका सबै र चन्द्रागिरि नगरपालिकाका आठ देखि  १५ नम्बर वडामा विदा दिइएको छ । विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा बुधबार नै शुरु भएको हो । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ । सातगाउँका शक्तिपीठमध्ये विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष यहीबेला सन्तानहरु आउने विश्वासअनुसार सबै गाउँको रथ विष्णुदेवी पीठमा ल्याउने गरिएको स्थानीय बताउछन । 

प्रतिक्रिया

सरकार आफैँ संसद चल्न र संसदीय समिति नबनाउन उद्धत भएको काँग्रेसको निष्कर्ष

सरकार आफैँ संसद चल्न र संसदीय समिति नबनाउन उद्धत भएको काँग्रेसको निष्कर्ष

निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको अध्यक्ष सिंहको भनाई

निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको अध्यक्ष सिंहको भनाई

योग तथा साधनालाई बजेटमा समेट्ने गरी तयारी भैरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई

योग तथा साधनालाई बजेटमा समेट्ने गरी तयारी भैरहेको उपप्रधानमन्त्री श्रेष्ठको भन…

काँग्रेसले प्रतिसोधी र छु्रद्र खालको राजनीति गरिरहेको छः ओली

काँग्रेसले प्रतिसोधी र छु्रद्र खालको राजनीति गरिरहेको छः ओली

संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ

संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ

जातिय विभेद विरुद्धको सरकारको उपायहरु अपर्याप्त र अपूर्णः एम्नेस्टी इन्टरनेशनल

जातिय विभेद विरुद्धको सरकारको उपायहरु अपर्याप्त र अपूर्णः एम्नेस्टी इन्टरनेशनल

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

लगानीकर्ताको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

लगानीकर्ताको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्र…