ADVERTISING

Breaking News

नौ वटा वाणिज्य बैंकहरु राष्ट्र बैंकको कारवाहीमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले नौ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक कर्जा निक्षेप अनुपात नमिलेको लगायतका कारण देखाउदै केन्द्रीय बैकले बाणिज्य बैंकहरुलाई कारबाही गरेको हो । केही कर्जामा पर्याप्त नोक्सानी व्यवस्था नगरेको, प्रिमियम नियमविपरीत बढाएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । एकीकृत कार्यविधिविपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपूर्ण कर्जा दिएकोमा कुमारी बैंकमा गाभिएको क्रेडिट एन्ड कमर्स बैंक कारबाहीमा परेको हो । सहुलियतपूर्ण कर्जा नपाउनेलाई पनि कर्जा दिएको, केही मुद्दती निक्षेप खातामा प्रकाशित गरेकोभन्दा बढी ब्याजदर दिएर रकम तानेको पनि राष्ट्र बैंकको भनाइ छ । एनसीसी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण ऐनविपरीतको काम गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ ।सेन्चुरी कमर्सियल बैंकले साउन र भदौमा सीडी रेसियो कायम गर्न नसक्दा २ करोड ८४ लाख रुपैयाँ जरिवानामा परेको छ । नेपाल बैंकले साउन महिनामा सीडी रेसियो कायम गर्न नसक्दा १५ लाख ५९ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ । कृषि विकास बैंकले ६९ लाख ५८ लाख रुपैयाँ र हिमालयन बैंकले ७१ लाख ७२ हजार रुपैयाँ तिरेका छन् । नबिल बैंकलाई साउन, भदौ र असोजमा कर्जा निक्षेप नघटाउँदा ६ करोड ४६ लाख रुपैयाँ जरिवना गरिएको छ । साथै ग्लोबल आईएमई बैंकले पनि भदौ र असोजमा कर्जा निक्षेप अनुपात कायम नगर्दा ४ करोड ४२ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।

leave a reply