सिन्धुलीको कमलामाई स्थानमा माघे संक्रान्ति मेला
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको गौमती र कमला नदीको दोभानमा अवस्थित कमलामाई स्थानमा माघे संक्रान्ति मेला लागेको छ ।
माघ महिनामा कमलानदीमा स्नान गरी काली कमलामाईको दर्शन तथा पुजा अर्चनाका लागि ठुलो संख्यामा भक्तजन पुगेका छन् ।
नेपालकै मध्यपूर्वी क्षेत्र खासगरी सिन्धुली, सर्लाही, महोतरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका भक्तजनले वर्ष दिनमा कमलामाईलाई भाकेर गरेको भाकल पुरा गर्न माघे संक्रान्तिमा पुग्ने गर्दछन ।
मेलामा भाकल पूरा गर्न भक्तजनहरु रात भरि कमलामाई मन्दिरमा जाग्राम बसी बत्ती बाल्ने र बिहानीपख झिसमिसेमा नै देवीका नाममा पाठी बलि चढाउने परम्परा छ ।
याहाँ माघ महिना भरि नै मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ ।

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया