माघे सङ्क्रान्ति अवसरमा नुवाकोटको चन्दनीमा गोरु जुधाई प्रदर्शनी
काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाइदै छ ।
माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएका छन । ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिले जनाएको छ ।
तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता मानिन्छ ।
यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन् । गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११र हल गोरु दर्ता गरेर गोरु जुधाइ प्रदर्शनी गर्न लागिएको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ शेराबगरलगायत स्थानमा पनि गोरु जुधाइ प्रदर्शनी गरेर किसानले सङ्क्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

‘यो व्यवस्थाको हकदार माओवादी हो’
२७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्कियो, आम आदमी सत्ता बाहिर
सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएनः महासचिव…
सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री शर्मा
माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्
पाथीभरा केबलकारमा ३ सय रोजगारी सिर्जना हुन्छ : अध्यक्ष ढकाल

प्रतिक्रिया