दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्।
दि कोरिया टाइम्सका अनुसार युनलाई बुधबार बिहान साढे १० बजे पक्राउ गरिएको हो । पक्राउ पर्ने युन पहिलो कोरियाली राष्ट्रपति हुन् । उनलाई सउल स्थित निवास बाटै पक्राउ गरिएको हो ।
यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालय बाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।
गत डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयास पछि उनी माथि राज्य द्रोहको आरोप लागेको छ। संसदमा महाअभियोग प्रस्ताव पुगे पछि उनी निलम्बित भएका थिए ।
पक्राउको क्रममा यूनको आधिकारिक निवास बाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको समाचारमा उललेख छ ।
यस अघि युनलाई पक्राउ गर्ने प्रयास असफल भएको थियो।
पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २ सय विस्थापित
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता
झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा फर्किदै,आम आदमीका केजरीवाल पराजित
सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्दै चीन

प्रतिक्रिया