संसदीय समितिमा सभापति र सांसदबीच भनाभन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सभापति राजकिशोर यादव र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच भनाभन भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच भनाभन भएको हो । आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न गरेका थिए । त्यसपछि सभापति यादवले उत्तेजित भएर जवाफ फर्काए । यादवको छेउमै बसेका माधव नेपाल मुसुक्क हाँसे तर केही बोलेनन् ।
सभापति यादवले वैठक समापन भएको घोषणा गरेपछि सांसद सुवालले उनीतिर औंला तेर्साउँदै भने, ‘सभापतिज्यूले जथाभावि नगर्नुस । मैले बोल्न पाउँछु कि पाउँदिन ? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो ?’
सांसद सुवालको भनाइले सभापति यादव आवेशमा आए । उनले सुवालको प्रश्नको जवाफ नदिइकन थर्काउँदै भने, ‘औंला तल राख्नुस, नौंटंकी गर्ने ?’ त्यसपछि सांसद सुवालले निरंकुश ढंगले वैठक नचलाउन सभापति यादवलाई चेतावनी समेत दिए ।
‘तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?’ भन्दै सांसल सुवालले चर्को स्वरमा सभापति यालवलाई थर्काएका हुन् ।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए थियो । सो असहमतिपछि सांसद सुवाल र समिति सभापति यादवबीच भनाभनको अवस्था सिर्जना भएको थियो ।
![इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/indonesia_Qxow9P4LcF_7xbags6x6ht7ajyjtvgohbfa70pdrdvw4bvj5bvt0ousn2dlk7f6qgdponil_AAt5AD4D2Q_eh4xb7wa2webtw4qjhnbfjvvbo3ybc0bnfgf5u8ul2dgjdsyroifxk5im2qz.jpg)
इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते
![कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/view%2520(2)%2520(1)_W281XHqw8r_03txmamqdee2n4r65kizinmftq9mqijubi8aosxotesrqaymumtnvr54hmlf_4t5tdUsmhf_i4jn0jcmmwz9q7cqeippyanjzghybvtwqusq6dhuagsooeviy75ws19caabp.jpg)
कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता
![भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Indian-Army-real-heros_rnlJKdjVl5_jnv8kbkmmizv0lr1vx80r9gt1spbesdoqxtekqz2jnedidfxhg8bjjx9y5fr_rA63MCZLLF_hrroe4lpbjnjrklf38eu5ax8oyuqdu4pwz1uptuh2ffspnmfrrrzohuavk2b.jpg)
भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु
![राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_2009_i6SCPtxi49_avfvd6fxgxk8dafihs6lbjqztmhlididiqsiwohmos37pjbayznbeopziu8b_Hc8XdhwTQu_02wrqemy9u4ozyfeob9xdj8p1e1dl9rh9w8apzfeh7ywcfu04ks1k4cepezh.jpg)
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
![सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल](https://snowberry.prixacdn.net/media/gallery_folder/SA_Narayanghad-Prachanda_WPvARI6NSt_mkkagkxdeyrd2butsqzlqnsfttaylxk5il0utk8ey08my0byt9gawcv6a37s_TPEnv78FrB_coszkxs4cxbfos4qww4zgqvxhu2e2hvjtw7nlsk9ftrfifadbrcxwqxzzmwg.jpg)
सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल
![पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20250121_133125_Jzyu6yhe7D_pbaccnjuurvvpl8rtuqtyw9wtjtsroqqk9nwul8zklthmdc2i7v1rr02wbaw_J1QsSoBFIC_0scxtscc8ebypxy3dyzyddfcur6nudt2jselcl3gzdsbeggiqm0qmjrcinxi.jpg)
पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने
![प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट](https://snowberry.prixacdn.net/media/gallery_folder/pm%2520oli_xxXemO1OMM_udqwh7yyjhlvh2zdjf7tonpa8faqufrqodpki0xdetffnc7sxhqanaebrxqz_VIMP7YX1Kf_ekjkqncaoemnhpurvcgodqgoh7qbpmupwxepgi3lvrowlip2igyrda8n7mow.jpg)
प्रतिक्रिया