इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो । इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । जिल्लामा शान्तिपूर्ण मतदान जारी रहेको बताइएको छ । मतदान गरिसकेपछि बोल्दै नेकपा एमालेका उम्मेदवार नेम्वाङले उत्साहको महशुस भइरहेको बताए । उनले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए । उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताएका हन् । घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताए । 
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा 
रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

प्रतिक्रिया