विकल पौडेलविरूद्ध फेरि अर्को मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध फेरि अर्को मुद्दा दायर गरेको छ ।यसअघि अख्तियारले पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै २ अर्ब  ६९  करोडको मुद्दा हालेको थियो । आज पुन अख्तियारले उनलाई अमेरिकाको ‘पिआर’ लिएको आरोपमा मुद्दा दायर गरेको हो । विदेशी मुलुकको स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति भएर पनि नेपालमा राष्ट्र सेवकको ओहदा लिइ लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको हो । यो मुद्दामा पौडेललाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय माग अख्तियारले गरेको छ । ऐनमा कसुर स्थापित भए ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसअघि अख्तियारले आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा दर्ता गरेको छ । ावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनीयतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का दिएको अख्तियारको दाबी छ । 
 

प्रतिक्रिया