कतारका अमिर शेख अल थानी दुईदिने नेपाल भ्रमणमा आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मंगलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने निश्चित भएको छ । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कदै छन । सोही क्रममा उनी फिलिपिन्स, बङ्गलादेश हुँदै नेपाल आउने भएका हुन । अमिरको भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा राखिएको छ । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । भ्रमणका क्रममा अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने तय भएको छ । कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । 

प्रतिक्रिया