बचत पनि फिर्ता गर्न नसक्ने अवस्थामा पुगे सहकारी

काठमाडौं । काठमाडौं महानगर मातहातमा एक हजार ९३५ सहकारीमध्ये धेरै बचत पनि फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । महानगरको सहकारी विभागले विवरण संकलन गरेकोमा अधिकांश बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेको देखिएको हो । समुदायमा आधारित सहकार्यमा चल्ने सहकारीको अवस्था राम्रो भएपनि बचत तथा ऋण सहकारीहरुको अवस्था खराव देखिएको हो । बचत फिर्ता नदिएको भन्दै उजुरी दिन आउनेहरूको आधारमा महानगरले प्रहरीमा उजुर िसमेत दिएको छ । महानगरको सहकारी विभागले बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने भन्दै हालसम्म ८६ सहकारी प्रहरीलाई कारबाहीका लागि सिफारिस गरिसकेको छ । दर्तामा रहेका धेरैजसो त्यस्तै अवस्थामा भए पनि अहिलेसम्म ८६ सिफारिस गरिसकिएको जनाइएको छ ।

प्रतिक्रिया