आज मुस्लिम समुदायको महान पर्व बकर इद

नवाज पढेर  शुभकामना आदानप्रदान गरी मनाइदै

इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व रोजा पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ । खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ । इदका अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । 

कपिलबस्तु इद 

एक महिना लामो उपवासपछि इदगाहमा सामूहिक नमाज पढेर कपिलवस्तुका इस्लाम धर्मावलम्बीले ‘इद–उल–फित्र’ मनाएका छन् । एक महिनाको कठोर रोजापछि कपिलवस्तु सदरमुकाम तौलिहवाको इदगाह मस्जिदमामा सामूहिक नमाज पढिएको हो । एक महिनासम्म दिनभरी कठोर उपवास रोजा बसी पाँचपटक नमाज पाठ गरी मनाउँदै आएका मुस्लिमहरुले बुधबार साँझ चन्द्रमा  देखेपछि रोजा समाप्तीको खुसियालीमा आज इद उल फित्र मनाएका हुन । 
नमाजस्थलमा शुभकामना आदानप्रदान गर्न कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदीप पौडेल, पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्याय र पूर्व मन्त्री बृजेशकुमार गुप्ता पुगेका थिए । इदका अवसरमा मस्जिद तथा इदगाहमा महिला, पुरुष, बालबालिका सबै जम्मा भएर नवाज पाठ गरी वधाई, शुभकामना आदानप्रदान गर्दै एकआपसमा गला मिलाएर  खुसियाली साटासाट गरेका थिए । जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतका स्थानका मुस्लीम समुदायका महिला, पुरुषहरु मस्जिद तथा इदगाहमा जम्मा भएर इद मिलनको खुशी साटासाट गरेका छन् ।  आजै नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौं, रौतहट, सप्तरी, मोरङ, कपिलवस्तु, सुनसरी लगायत इस्लाम समुदाय बसोबास गर्ने अन्य स्थानमा समेत इद धुमधामले मनाइएको छ । 
 

प्रतिक्रिया