सुन मुल्य बढ्ने क्रम जारी, प्रतितोला १ लाख ३६ हजार ३ सयमा कारोवार

नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्ने क्रम रोकिएको छैन । नेपाली बजारमा आजपनि सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाले बढेको छ । मङ्गलबार प्रतितोला  एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने  एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला  एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासंघले आजका लागि भने  एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा  १५ ले बढेर एक हजार सात सय कायम भएको छ । 
 

प्रतिक्रिया