इण्डियन प्रिमियर लिग क्रिकेटमा आज बेलुका चेन्नई र कोलकोता भिडदै

काठमाडौं । इण्डियन प्रिमियर लिग आपिएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति पौने आठ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा चेन्नईले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने कोलकोता अपराजित रहदै तीन खेल लगातार जितेको छ । चेन्नईको कप्तानी रुतुराज गायकवाडले गर्दै आएका छन । चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो । त्यस्तै कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको थियो ।
 

प्रतिक्रिया