फ्रेन्डसिप कप टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दै छ । खेल गुजरातको वापीमा दिउँसो पौने तीन बजे बजे शुरू हुनेछ । जारी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा गुजरातनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ठ लयलाई समात्दै बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित ग¥यो । बुधबार सम्पन्न तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो । तर, शुक्रबार सम्पन्न चौथो खेलमा भने प्रतियोगिताबाट बाहिरिएको बरोडासँग ३७ रनले नेपाल पराजित भयो । नेपाल समूह चरणमा ३ जितसहित ६ अंक जोड्यो। गुजरातको भने ४ अंक रह्यो । गुजरातले दुवै खेलमा बरोडालाई ५७ रन र ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया