विराट गोल्डकपको फाइनल खेल आज

काठमाडौं । आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज ए डिभिजन क्बल मच्छिन्द्र फुटबल क्लब र आयोजक साङ्ग्रिला मोरङ एफए भिड्दैछन् । खेल विराटनगरस्थित शहीद रंगशालामा खेल साँझ पौने ६ बजे शुरु हुनेछ । बिहीबार सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० ले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । सशस्त्र प्रहरी बलको  विभागीय टोली एपीएफलाई बुधबार सडन डेथमा पराजित गर्दै मोरङले मच्छिन्द्रसँगको भेट पक्का गरेको हो । उपाधि विजेता टोलीलेविजेता टोलीले ट्रफीसहित ११ लाख र उपविजेताले पाँच  लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । २०१८ सालदेखि यही मैदानमा २८ औं संस्करणसम्म महेन्द्र गोल्डकपका नाममा आयोजना हुँदै आएको यो ऐतिहासिक प्रतियोगितालाई २०६८ सालमा गोल्डकप ट्रस्ट स्थापना गरेर विराट गोल्डकपका नाममा गर्न थालिएको हो । 

प्रतिक्रिया