नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम टी–ट्वान्टी क्रिक्रेट खेल आज

काठमाडौं । नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम टी २० खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आज सिरिज क्लिनस्विप हुन नदिने लक्ष्यसहित मैदानमा छ । नेपाल घरेलु मैदानमा आयोजित ट्वान्टी–२० श्रृंखलाको अन्तिम खेलको सुखद अन्त्य गर्न चाहन्छ । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको उल्भ्सले श्रृंखलाको उपाधि जितिसकेको छ । आजको खेलमा पनि जित निकाले एल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । ट्वान्टी श्रृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय श्रृंखला बुधबारदेखि सुरु हुने तालिका छ ।
 

प्रतिक्रिया