नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज आजदेखि

काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो पौने तीन बजे साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा शुरु हुनेछ । गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानी गर्ने छन् । नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरि र कुशल मल्ल प्रमुख हतियार हुन् । नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत्र २१ मा नेपाल र गुजरात तथा चैत्र २३ मा नेपाल र बारोडाबिच खेल हुनेछ । फाइनल खेल चैत्र २५ गते हुनेछ । यसअघि नेपाल क्रिकेट संघले यो खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया