आज ६२ औँ नेपाल नर्सिङ दिवस

आज ६२ औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित  संघ संगठनले मनाउँदै छन् ।  २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो ।  एक त नसिङ शिक्षा पुरा गरेपछि भनेकै सेवा सुविधामा जागिर पाइदैन । पाइएको जागिरमा पनि तोकिएको समय भन्दा बढी त्यो पनि क्षमता भन्दा धेरै विरामीको सेवा गर्नु पर्ने बाध्यता नर्सहरुमा छ । कामको ग्यारेन्टी र आर्थिक सामाजिक सुरक्षा नहुँदा नेपालबाट धेरै नर्सिङ जनशक्तिहरु बिदेश पलायन हुन थालेका छन् । नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल नेपालमा ७८ हजार ९ सय ४८ नर्स दर्ता छन् ।  यस्तै १ हजार ५ सय ७ जना स्पेशल नर्सहरु रहेका छन । ८ सय ४९ जना विदेशी नर्सहरु नेपालमा कार्यरत रहेका छन । यस्तै ६६ जना मिडवाइफ्री, ३७ हजार ३ सय ८३ जना एनमी पनि कार्यरत छन । 

प्रतिक्रिया