चिच्च्याएर बर माग्ने सत्यवती मेला ५ दिन चल्ने
_l44HPFko9V_l2mizer5yxoote6dlyms3pmfgjn6plgtsdgavrnwxu49dbolveuaosth5jzg_EQdb7smhHn_637u2cwkrdyflqsijda2maaz2c7htrimoxwnmbtril26fge6epgsxapvkx6y.jpg)
चिच्याएर बर माग्ने पाल्पाको सत्यवतीमा मेला यो बर्ष पाँच दिन लाग्ने भएको छ । मङ्सिर ७ गतेदेखि ११ गतेसम्म चिच्याएर बर माग्ने मेला हुने भएको हो । तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर बर माग्ने मेला लाग्ने गर्दछ । परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गरेको हो । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किम्बदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुनेछन । बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी, कुखुराका भाले, परेवा समेत बली चढाइन्छ ।यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत जाने भएका छन । यो वर्ष दुई लाखभन्दा बढी भक्तजन बर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा गरिएको छ ।
सात दिनको युद्धविरामपछि इजरायलद्वारा गाजामा आक्रमण तिव्र
जाजरकोटमा अस्थायी आवास निर्माणका लागि ४६ करोड निकासा
जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीलाई भुक्तानी दिलाउनु पर्छः मन्त्री ज्…
सडकमा नारा लगाउँदैमा राजतन्त्र नफर्कने गृहमन्त्री श्रेष्ठको भनाइ
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

प्रतिक्रिया