काठमाडौंको असनमा अन्नपुर्ण जात्रा निकालिदै

दसैंको दिन सबै जनाले आफ्ना मान्यजनहरुसँग टीका लगाउने चलन चलिआएको छ। तर काठमाडौंको असन क्षेत्रमा भने दशैंको टीकाको दिन नभई आज एकादशीको दिन मात्र टीका लगाउने चलन छ। पहिला काठमाडौंको मुख्य बजारको रुपमा रहेको असनका स्थानीयहरुले दसैंको टीकाको दिनसम्म आफ्ना व्यवसाय संचालन गरेर एकादशीको दिन मात्र दसैंको टीका लगाउने गरेको पाइन्छ। सर्वसाधारणको सजिलो र हितका लागि टीकाको दिन नभई एकादशीके दिन टीका लगाउने गरेको स्थानीय बताउछन । एकादशी दिन उनीहरुले असनमा अन्नपुर्ण जात्रा पनि गर्ने गरेका छन। जात्रालाई अहिंसाको रुपमा मनाउन उनीहरुले कुभिण्डोलाई बली दिने गर्दछन्। टोलको सबैभन्दा कान्छो व्यक्तिले कुभिण्डोको बली दिई जात्रा मनाउने  प्रचलन छ । अन्नपूर्ण जात्रा एकादशीमा मनाउने भएकाले टीका पनि त्यही दिन लगाउने परम्परा रहदै आएको छ। हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा गरिन्छ । अन्नपूर्ण देवीलाई हिन्दूहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा मान्दै आएका छन् । बौद्धमार्गी नेवारहरूले भने अन्नपूर्णै देवीलाई बसुन्धरा, योगाम्वर, ज्ञानेश्वरी, महालक्ष्मी, अजिमा पिठ र महामयुरी देवीको रूपमा मान्दै आएका छन् ।
 

प्रतिक्रिया